रवि लामिछानेविरुद्धको मुद्दाकाे सुनुवाइ आज

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनवाइ आज (बुधबार) हुँदैछ।

मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि राेकिएकाे सुनुवाइ आज हुने सर्वाेच्च अदालतका प्रवक्ता विमल पाैडेलले जानकारी दिए।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध साेमबार दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।

महान्यायाधिवक्ता डा.पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो।

प्रकाशित मिति: : 2023-04-05 06:52:00

प्रतिकृया दिनुहोस्