प्रचण्ड सरकारको १०० दिनकाे उपलब्धि: राहदानी वितरण सहजदेखि मिटरब्याज पीडितकाे समस्या समाधानकाे पहलसम्म (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेकाे छ। प्रधानमन्त्रीको सचिवालयले सोमबार १०० दिनको उपलब्धि ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको हाे।

उपलब्धिमा राहदानी वितरण, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा सहज भएकाे उल्लेख गरेकाे छ।

यसैगरी अर्थतन्त्र सुधारको प्रयासअन्तर्गत विभिन्न पहल लिइएको छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको, निजी क्षेत्रकाे व्यवसायिक आत्मविश्वास जगाउन एवं सरकार र निजी क्षेत्रबीचकाे सम्बन्ध सुदृढ बनाउन प्रयास केन्द्रित गरिएकाे उल्लेख गरेकाे छ।

सरकारले मिटरब्याज पीडितहरूकाे समस्या समाधानका लागि वर्तमान सरकारले विशेष पहल लिएकाे दाबी गरेकाे छ। यसै सन्दर्भमा यस विषयमा सुझाव पेश गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने तथा माैजुदा कानूनमा संशोधन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएकाे उल्लेख गरेकाे छ। 

प्रकाशित मिति: : 2023-04-03 18:02:00

प्रतिकृया दिनुहोस्