वैशाख १० गते चितवन २ को परिणाम उल्टिन्छ: विश्वप्रकाश शर्मा

File Photo
File Photo

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा चितवन २ को परिणाम उल्टिने बताएका छन्।

साेमबार कांग्रेसका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ को परिणाम उल्टिने बताएका हुन्।

उनले अघिल्लोपटक अन्यत्र गएकाे १८ हजार भोट फिर्ता भएर आइसकेकाेले यसपटक परिणाम उल्टिने दाबी गरे।

‘यो पटक १० गते परिणाम उल्टिन्छ। किनभने अघिल्लोपटक १८ हजारभन्दा बढी भाेट अन्यत्र गएकाे थियाे’, उनले भने, ‘अहिले फिर्ता भएर आइसकेकाले परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ।’

शर्माले कांग्रेस एक ढिक्का भए परिणाम उल्टाउन गाह्रो नहुने समते दाबी गरे। ‘जीतनारायण श्रेष्ठजस्तो व्यक्तिलाई जिताएर पठाउँदा, परिवर्तनलाई घनीभूत बनाउन पनि जीत निश्चित गर्नुपर्छ। १० वैशाखमा कांग्रेस एक ढिक्का हुँदा परिणाम उल्टाउन गाह्रो छैन’, उनले भने।

प्रकाशित मिति: : 2023-04-03 15:32:00

प्रतिकृया दिनुहोस्