तनहुँ १: गोविन्द भट्टराई र सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

उनीहरूले मुख्य निर्वाचन अधिकृतकाे कार्यालय तनहुँ पुगेर साेमबार मनोनयन दर्ता गरेका हुन्।

भट्टराईको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् भने खनालकाे प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन्।

निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ।
 

प्रकाशित मिति: : 2023-04-03 14:24:00

प्रतिकृया दिनुहोस्