उपेन्द्र यादवलाई लक्षित गर्दै प्रभु साहले भने- सप्तरीमा नफलेको फल बारामा फल्दैन

File Photo
File Photo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट एवं मधेस विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्।

बाराको देवतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा २ मा हुने उपनिर्वाचनमा भ्रष्ट एवं मधेस विरोधीहरु चुनाव लड्न खोजेको भन्दै त्यस्तालाई पराजित गर्नुपर्ने बताए।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै अध्यक्ष साहले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले मतदान कसरी मतदान गर्छ? छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन। नुन कहिल्यै पनि चिनी हुन सक्दैन। त्यस्ता भ्रष्ट तथा जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन।’

हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेश हुनुपर्ने बताउँदै उपेन्द्रले वीरगंजलाई राजधानी बनाउने बताए पनि आफैँले बोलेको कुरा व्यवहारमा लागु नगरेको उनले बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ, गढीमाईको विकासको कुरा गर्दा उपेन्द्रले एक शब्द कहिल्यै पनि नबोलेको बताउँदै आजपा अध्यक्ष साहले आफू शहरी मन्त्री हुँदा गढीमाई, सिम्रौनगढको विकासका लागि करोडौं रकमको आयोजना राख्दा आफूपछि जसपाको नेता शहरी मन्त्री हुँदा ती योजना उपभोक्तामार्फत खर्च गरी भ्रष्टाचार गरेको आरोप उनले लगाए।

‘बारा जिल्ला आफ्नो गौरव बनाएको जिल्ला हो। किसान आन्दोलन यही बारामा भएको थियो। मानव विकास सुचकांकमा किन पछाडि पर्यो ?’ साहले प्रश्न गर्दै भने, ‘विगत १० वर्षदेखि उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्री, केन्द्रमा हरेक सरकारमा आफैँ मन्त्री हुँदा समेत मधेसका लागि किन राम्रा काम गरेनन्। मधेसको मानव विकास सुचकांकलाई माथि पुर्याउने काम किन गरेनन्?’

मध्य तराई मधेसको बीचबाट फराकिलो सडक निर्माणका लागि आफूले वीरगञ्ज–कलैया–मलाही–कटहरीयासहितका रोडको निर्माणका साथै आउने दिनमा यहाँको विकासका जिम्मा आफूले लिएर काम गर्ने बताए।

प्रकाशित मिति: : 2023-04-03 13:17:00

प्रतिकृया दिनुहोस्