बारा २ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय

File Photo
File Photo

नेपाली कांग्रेसले बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख १० गते हुने उपचुनावका लागि बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको हो।

बारा २ मा सत्ता गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) र जनमत पार्टीले पनि उम्मेदवारी दिने तयारी गरेकाे छ।

कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2023-04-02 12:53:00

प्रतिकृया दिनुहोस्