आज प्रतिनिधि सभाको बैठक बस्दैः यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन' पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले 'प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

प्रकाशित मिति: : 2023-04-02 08:30:00

प्रतिकृया दिनुहोस्