प्रतिनिधिसभा बैठक: अख्तियारको वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री

प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयकाअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2023-03-29 10:12:00

प्रतिकृया दिनुहोस्