स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

लुम्बिनी प्रदेश सभाका स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) राेजेका छन। उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका छन्।

पुन रुकुमपूर्वको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए। पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी पुनः माओवादी केन्द्रमै फर्किएका छन्।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र राेजेका थिए। उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन्। पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए।

यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ।

प्रकाशित मिति: : 2023-03-22 11:03:00

प्रतिकृया दिनुहोस्