प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने एकीकृत समाजवादीकाे निर्णय

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासकाे मत दिने निर्णय गरेकाे छ।

आइतबार पार्टी केन्द्रीय कार्यालमा बसेकाे सचिवालय बैठकले प्रचण्ड सरकारलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टी प्रवक्ता जगननाथ खतिवाडले जानकारी दिए।

‘हाम्राे पार्टीले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने निर्णय गरेकाे छ र अबदेखि हामी सत्ता पक्षमा बस्ने निर्णय गरेकाे छाैँ,’ प्रवक्ता खतिवडाले भने। सरकारमा जाने/नजाने विषयमा भने छलफल जारी रहेकाे उनकाे भनाइ छ।

प्रधानमन्त्री प्रचण्ड साेमबारकाे प्रतिनिधिसभाबाट विश्वासकाे मत लिने तयारीमा छन्। सरकारमा सहभागी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासकाे मत फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासकाे मत लिन लागेका हुन्।

एकीकृत समाजवादीले यसअघि पनि प्रचण्डलाई विश्वासकाे मत दिएकाे थियाे।

प्रकाशित मिति: : 2023-03-19 13:23:00

प्रतिकृया दिनुहोस्