घनश्याम भुसाल बने एकीकृत समाजवादीकाे महासचिव, बेदुराम भुसाल उपाध्यक्ष

केही महिनाअघि मात्रै एमाले परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता घनश्याम भुसाल महासचिवमा मनाेनित भएकाे छन्।

आइतबार बसेकाे पार्टीकाे सचिवालय बैठकले उनलाई महासचिवमा मनाेनित गरेकाे पार्टी प्रवक्ता जगननाथ खतिवाडाले जानकारी दिए।

त्यस्तै यसअघि महासचिव पदमा रहेका डा. बेदुराम भुसाललाई उपाध्यक्ष पदमा मनाेनित गरिएकाे छ।

त्यस्तै बैठकले पार्टीका चार जना उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशरबहादुर श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनयन गरिएको छ। यससँगै केन्द्रीय सचिवालयको संख्या १९ पुगेको छ।

प्रकाशित मिति: : 2023-03-19 13:12:00

प्रतिकृया दिनुहोस्