प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासकाे मत दिने निर्णय गरेकाे छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा बसेकाे केन्द्रीय समिति तथा संसदीय दलकाे संयुक्त बैठककले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए।

यसअघि पार्टी सभापति रवि लामिछानेले गृहमन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएकाे रास्वाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे थिएन।

सरकारमा सहभागी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासकाे मत फिर्ता गरेपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले भाेलि (साेमबार) विश्वासकाे मत लिने तयारी गरेका छन्।

त्यस्तै अनुकुलता मिले सरकारमा समेत सहभागी हुने रास्वपाले संकेत गरेकाे छ।

प्रकाशित मिति: : 2023-03-19 12:53:00

प्रतिकृया दिनुहोस्