आज प्रतिनिधिसभा बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस गरिने

फाइल तस्विर
फाइल तस्विर

आज प्रतिनिधिसभाको बैठक बस्दैछ।

आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यसैगरी बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ।

त्यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि पेस गर्ने सम्भावित कार्यसूची पनि छ।

प्रकाशित मिति: : 2023-03-19 09:20:00

प्रतिकृया दिनुहोस्