जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन

File Photo
File Photo

उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उपस्थित भए।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो। 

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच विगत निकै लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पुर्याउदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए।

प्रकाशित मिति: : 2023-03-15 19:02:00

प्रतिकृया दिनुहोस्