एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गरेका छन्। दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो। गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव छन्। 

उनहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहेका ओलीले मनोनयन गरेका हुन्। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। 

प्रकाशित मिति: : 2023-03-12 19:53:00

प्रतिकृया दिनुहोस्