आर.आर क्याम्पसमा किन भयाे विद्यार्थी आन्दाेलन

काठमाडौँको प्रदर्शीमार्गस्थति रत्न राज्यलक्ष्मी (आर.आर) क्याम्पसमा विद्यार्थीहरु आन्दोलित हुँदै क्याम्पसमा ताला लगाएका छन्। स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि उम्मेदवारी मनोनयन हुने दिन आज विद्यार्थीहरु आन्दोलित भएका हुन्।

फागुन ४ गते विद्यार्थी भर्ना कार्यक्रम रोकिएको र २० गते विद्यार्थीहरुको अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थमा क्याम्पसले २५ गतेसम्म भर्ना गरेर अनियमितता गर्न खोजेको आरोप लगाउँदै विद्यार्थीहरुले आन्दोलन गरेका छन्।

क्याम्पस प्रशासनले निर्वाचनलाई विथोल्ने गरी क्रियाकलाप गरेको आरोप लगाउँदै पाँच विद्यार्थी संगठनले आन्दोलित भएका छन्। आन्दोलनरत विद्यार्थी र प्रहरीबीच हात हालाहालसमेत भएको छ।

नेकपा एसनिकट अनेरास्ववियु, काँग्रेसनिकट नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी संगठनले आन्दोलन गरेका छन्।

प्रकाशित मिति: : 2023-03-11 14:21:00

प्रतिकृया दिनुहोस्