उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ।

आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म छलफल गरिनेछ। आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ।

प्रकाशित मिति: : 2023-03-11 08:58:00

प्रतिकृया दिनुहोस्