एमालेले डाक्यो सचिवालय बैठक

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। 

शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ। भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: : 2023-03-10 20:59:00

प्रतिकृया दिनुहोस्