प्रचण्डविरूद्धकाे रिटको सुनुवाइ सकियाे

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा शुक्रबार भएको सुनुवाइ सकिएको हो।

रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए। आदेश भने आउन बाँकी छ।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उनको सो अभिव्यक्तिविरुद्ध गत सोमबार सर्वोच्चमा रिट परेको थियो।

प्रकाशित मिति: : 2023-03-10 13:46:00

प्रतिकृया दिनुहोस्