नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ।

रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे। उनले भने, 'नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ।'

उनले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताए। 'पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा  कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो। यसले थप जिम्मेवारीवोध भएको छ', उनले भने।

राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भएता पनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उनको भनाइ छ। उनले भने, 'विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन। अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्याङ्कन गरेर हामी निर्णयमा पुगेका हौँ।'

प्रकाशित मिति: : 2023-03-09 17:58:00

प्रतिकृया दिनुहोस्