राष्ट्रपति निर्वाचनः मतदान सकियो, परिणाम साँझ घोषणा गर्ने तयारी

नयाँ राष्ट्रपति चयनका लागि भएकाे मतदान सकिएकाे छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० देखि सुरू भएकाे मतदान केहीबेरअघि सकिएकाे हाे।

मतगणना ४ बजेपछि हुने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। 

प्रकाशित मिति: : 2023-03-09 15:13:00

प्रतिकृया दिनुहोस्