राप्रपा राष्ट्रपति चुनावमा सहभागी नहुने

भाेलि (बिहीबार) हुने राष्ट्रपति चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने भएकाे छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने अर्थात् तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको हाे।

भाेलि हुने राष्ट्रपति निर्वाचनकाे लागि नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पाैडेल र एमालेका उपध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2023-03-08 18:06:00

प्रतिकृया दिनुहोस्