राष्ट्रपति निर्वाचनबारे ‘लाइन क्लियर’ गर्न बैठक बस्दै रास्वपा

फाइल तस्विर
फाइल तस्विर

आज हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे बैठक बस्दैछ।

राष्ट्रपतिमा कुन उम्मेदवारलाई मतदात गर्ने भन्नेबारे निर्णय गर्न अहिले बिहान ८ बजे संसदी दलकाे बैठक बस्न लागेकाे पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

राष्ट्रपतिकाे लागि बिहान १० बजेबाट मतदान हुँदैछ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन्।

प्रकाशित मिति: : 2023-03-09 06:59:00

प्रतिकृया दिनुहोस्