प्रचण्डको स्पष्टिकरण– मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन 

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन्।

काठमाडौंमा मंगलबार भएका एक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका थिए।  त्यसको स्पष्टिकरण दिँदै भने, ‘मुस्ताङमा बौद्ध युनिभर्सिटी खोल्ने अनुमति दिएको कुरा आएछ। त्यहाँ कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले कहीँकतै कलेज खोल्न स्वीकृति दिएको छैन।’

मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत उनले बताए।

उनले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन्। त्यसको हामीले ठीक ढंगले प्रयोग गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ।

प्रकाशित मिति: : 2023-03-07 18:12:00

प्रतिकृया दिनुहोस्