एउटा उखान छ 'कलियुगमा जे पनि हुन्छ।' त्यस्तै एउटा जे पनि भएको छ, भारतको राजस्थान राज्यको बुँदी जिल्लाको सिलोर गाउँमा।
भारतीय समाचार संस्था एनबिआइका अनुसार एक ६० वर्षीय वृद्धले आफ्नै छोराको २१ वर्षीय श्रीमती अर्थात बुहारीलाई लिएर भागेका छन्।
स्थानीय युवक पवन बैरागीले आफ्नो पिता रमेश बैरागीले श्रीमती, ६ महिनाको छोरी र मोटरसाइकलसमेत लिएर भागेको आरोप लगाएका छन्।
पीडित पवनका अनुसार प्रहरीले पनि आफ्नो गुनासोलाई गम्भीरता पूर्वक नलिएको बताएका छन्। तर बुँदी सदर थाना पुलिसका थानाधिकारी अरविन्द भारद्वाजले भने पीडितको उजुरीलाई गम्भीरता पूर्वक लिएर दुबै जनाको खोजतलास भइरहेको बताएका छन्।
उनले भने, '२१ वर्षको आफ्नो प्रहरी सेवामा यस्तो घटना पहिलोपटक सुनेको कारण कानुनले ठ्याक्कै के कस्तो सजाय दिन्छ भन्ने जानकारी भने छैन।'