सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्। 

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिवसहितको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।

मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेस गर्न प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ। सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो।

'सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन' रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री दाहालले भने, 'तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन।' 

उनले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताए। कार्यदलका सदस्यसचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा ‘रिपोर्टिङ’ गरेका थिए। 

प्रकाशित मिति: : 2023-03-02 20:48:00

प्रतिकृया दिनुहोस्