नेपाल आर्मीको सबै डेटा टर्कीमा देखाइदियो: आरजु राणा

नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको खबर आफूले पाएको बताएकी छन्। 

मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले यस्ताे बताएकी हुन्।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उनले बताइन्।

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरूको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ। त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने?', उनले भनिन्, 'रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरूले यसमा अनुसन्धान गर्नुपर्छ।’ 

प्रकाशित मिति: : 2023-02-28 17:34:00

प्रतिकृया दिनुहोस्