ओली बाहिरिएलगत्तै कांग्रेस नेताहरु बालुवाटार पसे, टुङ्याइदै राष्ट्रपति उम्मेद्वार

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाे वार्ता सकिए लगत्तै चार दलीय बैठक सुरु हुँदैछ।

ओली प्रतिनिधिसभा बैठकबाट बाहिरिए बालुवाटार पुगेका थिए। प्रचण्ड र ओलीबीच करिब दुई घण्टा वार्ता भएकाे थियाे। ओली बाहिरिएसँगै बालुवाटारमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका नेताहरुबीच बैठक सुरु हुन लागेकाे छ।

ओली बाहिरिएसँगै काँग्रेस नेताहरु बालुवाटर छिरेका हुन्।

बैठकमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता रामचन्द्र पाैडेल, पूर्ण घर्ती, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, माओवादी नेताहरु जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठलगायत नेताहरु बालुवाटार प्रवेश गरेका छन्।

साेही चार दलबीच शुक्रबार बिहान पनि वार्ता भएकाे थियाे। बैठकमा सहभागी नेताहरुले पुरानै गठबन्धन ब्युँताएर गठबन्धनबाट राष्ट्रपतिकाे उम्मेदवारकाे नाम टुङ्गाे लगाउने दाबी गरेका थिए।

प्रकाशित मिति: : 2023-02-24 17:36:00

प्रतिकृया दिनुहोस्