एमालेले बोलायो सचिवालय बैठक

File Photo
File Photo

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2023-02-24 12:05:00

प्रतिकृया दिनुहोस्