तीन दलको बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने: ओलीसँग भोलि कुरा हुन्छ

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार वार्ता गर्ने बताएका छन्।

राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको कारण उनी ओलीसँग वार्ता गर्न लागेका हुन्। 

बिहीबार सिंहदरबारमा जसपा र एकीकृत समाजवादीसँग बसेको बैठकबाट बाहिरिने क्रममा उनले भने , यो विषयमा छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ।’

प्रकाशित मिति: : 2023-02-23 20:30:00

प्रतिकृया दिनुहोस्