जसपालाई उपराष्ट्रपति दिन प्रचण्डजी सकारात्मक हुनुहुन्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नाे पार्टीलाई उपराष्ट्रपति दिनमा सकारात्मक रहेकाे बताएका छन्।

बिहीबार सिंहदरबार माओवादीका नेताहरूसंगकाे छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले यस्ताे बताएका हुन्। ‘प्रचण्डजी जसपालाई उपराष्ट्रपति दिने कुरामा सकारात्मक हुनुहुन्छ’, उनले भने।

नेतासंगकाे भेटमा राष्ट्रपति कसलाई दिने भन्नेबारे छलफल भएको तर कसलाई बनाउने अझै नटुङ्गिएको यादवले बताए। नेपाली कांग्रेसलाई सरकारमा लिन प्रचण्डले चासो राखेको उनको भनाई छ।

‘सरकारमा भएका दलहरुले आफ्नो लाइन किलेर गर्नु जरुरी छ। प्रचण्डजीले राष्ट्रपति कसलाई दिने भन्नेबारे छलफल भइरहेको बताउनुभयो। एमाले र कांग्रेसले दावी गरेका छन्। यो स्वभाविक हो। यसलाई छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ’, उनले भने, ‘सबै दलहरु सरकारमा सामेल छन्, अब काग्रेसलाई पनि सहमति गरेर सरकारमा लैजानुपर्छ।’

प्रकाशित मिति: : 2023-02-23 17:20:00

प्रतिकृया दिनुहोस्