झलनाथ खनाललाई प्रश्न– तपाईं राष्ट्रपतिको उम्मेदवार बन्न लाग्नुभएको हो ?

नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिमा आफूलाई कुनै प्रस्ताव नआएको बताएका छन। बुधबार पार्टी केन्द्रीय कार्यलय शान्तिनगरमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुको प्रश्नकाे उत्तर दिँदै उनले साे कुरा स्पष्ट पारेका हुन्।

‘के तपाईं राष्ट्रपतिको उम्मेदवार हो ?’ पत्रकारले साेधेकाे जवाफमा खनालले भने,‘हाम्रो पार्टी र मलाई राष्ट्रपति बन्न कुनै पनि प्रकारको प्रस्ताव आएको छैन। समाचार माध्यममा आएका कुरा हल्ला मात्रै हुन्। हाम्रो पार्टीको ठुलो मत रहेकाले चारैतिर छलफल गरिरहेका छाैँ।’

उनले काँग्रेससँगकाे पुरानाे गठबन्धन फेरि ब्युँतिन सक्ने संकेत गरे।

फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। त्यसका लागि फागुन १३ गते उम्मेदवार मनोनयन दर्ता हुँदैछ।

प्रकाशित मिति: : 2023-02-22 16:42:00

प्रतिकृया दिनुहोस्