महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रचण्डलाई लोसपाको प्रस्ताव

फाइल तस्बिर
फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रचण्डलाई भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए। 

प्रधानमन्त्रीसमक्ष ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने उनले बताए। 
 

प्रकाशित मिति: : 2023-02-21 20:47:00

प्रतिकृया दिनुहोस्