राष्ट्रपतिमा भारतीय नजरः ‘एसडी मुनी’ले सुझाए ४ नाम

नेपालको राजनीतिक वृत्तमा ‘भावी राष्ट्रपति’बारे चर्चा चलिरहेको छ।

राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई दिएर कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलका आ–आफ्नै ‘स्वार्थ–दाउ’ छन्।

सत्ता राजनीतिका चतुरी खेलाडी केपी शर्मा ओली आफूकेन्द्रीत ‘सत्ता–स्वार्थ’को केन्द्रमा छाइरहेका छन्।

उनी आफूनिकट पात्रलाई राष्ट्रपति बनाउन चाहन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ओलीटिक्स’ रोक्ने अभियानमा छन्।

भावी राष्ट्रपतिबारे अनेकौँ नाम र चर्चा चलिरहेका बेला भारतीय वुद्धिजिवी एसडी मुनीले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन सुझाव दिएका छन्।

सोमबार एकाबिहानै उनले नेपाली राजनीतिबारे चासो राख्दै सामाजिक सञ्जालमा ४ जनाको नाम लिएका छन्। र, भन्छन्– देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला नेपालको भावी राष्ट्रपतिका लागि उपयुक्त पात्र हुन्।

प्रकाशित मिति: : 2023-02-20 09:47:00

प्रतिकृया दिनुहोस्