महाशिवरात्रि: पशुपति क्षेत्रमा यातायात प्रभावित हुने, यसरी हुनेछ व्यवस्थापन

महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पशुपति क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएकाे छ।

पशुपति क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरुलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ।

गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरे।

प्रकाशित मिति: : 2023-02-17 16:44:00

प्रतिकृया दिनुहोस्