जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जुम्लामा भूकम्पको धक्का महशुस भएको छ।

बुधबार बिहान ११ः५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

भूकम्पको कम्पन कमजोर रहेकोले क्षतिको अनुमान गरिएको छैन। जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि हालसम्म कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाएको छ।

प्रकाशित मिति: : 2025-02-12 12:42:00

प्रतिकृया दिनुहोस्