थुनामा पठाउँने आदेशविरुद्ध छविलालले ढकढक्याए उच्चको ढोका

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वडीआईजी छविलाल जोशीले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतको ढोका ढकढक्याएका छन्।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासको आदेशविरुद्ध मंगलबार जोशीले उच्च अदालतमा निवेदन दिएका थिए।

जोशीको निवेदनमा बुधबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका  न्यायाधीश न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

छविलाल जोशीका तर्फबाट छोरा रोचक जोशीले थुनाबाहिरै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति: : 2025-02-12 15:03:00

प्रतिकृया दिनुहोस्