काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि त्यस क्षेत्र डुबानमा परेको छ।
काठमाडौं जिल्ला अदालत अगाडि मेलम्चीको खानेपानीको मुख्य पाइप नै फुटेको हो। पानीको फोर्सले सडक नै फुटाएर तहसनहस पारेको छ। तीव्र गतिको पानीले त्यसक्षेत्रमा बाढी नै ल्याएको छ। र, नजिकका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन्।
बाढीले विशेष अदालत, जिल्ला अदालत, वन परिसरलगायतका सरकारी कार्यालय डुबानमा परेका छन्।
उद्दारका लागि नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएका छन्। पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा खानेपानी नेटवर्क अवरुद्ध हुने आयोजनाले जनाएको छ।