सांसद चन्द्र भण्डारीलाई अस्पतालबाट निकालियो, थप उपचारका लागि भारत लगिँदै

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई अस्पतालबाट निकालिएकाे छ।

कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचररत नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजान त्रिभुवन विमानस्थलतर्फ लगिएको छ।

भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लैजान लागिएको छ। उनको नेपालमा उपचार सम्भव नभएपछि भारत लैजान लागिएको हो।

ग्यास विस्फोटमा परी घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने निधन भइसकेको छ।

प्रकाशित मिति: : 2023-02-16 14:49:00

प्रतिकृया दिनुहोस्