चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

चितवनको निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा पुनः निर्वाचन हुन लागेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले उपनिर्वाचनका लागि फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने र चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका तोकिएको छ।

प्रकाशित मिति: : 2023-02-12 17:23:00

प्रतिकृया दिनुहोस्