नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ: शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बताएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नेता कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताएका हुन्।

'जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ,' उनले भने।

प्रकाशित मिति: : 2023-02-12 09:25:00

प्रतिकृया दिनुहोस्