लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारः राजीनामा दिएकी कृष्णालाई आन्तरिक मामिलाकाे जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शनिबार सत्तारूढ दलहरूले मन्त्रालयकाे भागबण्डा मिलाएसँगै आज शनिबार गिरीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्। 

जसअनुसार एमालेले मुख्यमन्त्री र चार मन्त्रालयकाे जिम्मेवारी पाएकाे छ।  एमालेबाट चेतनारायण आचार्य खानेपानी ग्रामिण तथा शहरी विकास मन्त्री बनेका छन्। यस्तै, विष्णुप्रसाद पन्थी स्वास्थमन्त्री, दुर्गाप्रसाद चाैधरी वन तथा वातावरण मन्त्री र तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका जाेखबहादुर आर्थिक मामिला मन्त्री, इन्द्रजित थारू भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसी आन्तरिक मामिला तथा सहकारी मन्त्री बनेकी छन्। 

यद्यपि, आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएकी केसीले आफूले राेजेकाे मन्त्रालय नपाएकाे भन्दै आइतबार दिउँसाे राजीनामा दिएकी थिइन्। तर, माओवादी केन्द्रले उनै केसीलाई आन्तरिक मामिला मन्त्रालयकाे जिम्मेवारी दिएकाे छ।

उनी मन्त्रीका रूपमा बस्ने वा नबस्ने विषयमा दलका नेताले छलफल गरिरहेकाे माओवादीकाे नेता तथा नवनियुक्त मन्त्री इन्द्रजित थारूले बताएका छन्।

यस्तै, लुम्बिनी प्रदेश सरकारमा राप्रपा र जनमत पार्टी पनि सहभागी भएकाे छ। राप्रपाबाट जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री बनेका छन्। जनमत पार्टीबाट भने चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। 

नवनियुक्त मन्त्रीहरूकाे आइतबार दिउँसो १ बजे सपथ ग्रहण हुनेछ।

प्रकाशित मिति: : 2023-02-11 23:03:00

प्रतिकृया दिनुहोस्