विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् दर्शना  

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्।

शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन्।

पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए। 

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन्। सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। कोषाध्यक्षमा दामोदर नेपाललाई चयन भएका छन्।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परीयारले बताए।

प्रकाशित मिति: : 2023-02-11 20:30:00

प्रतिकृया दिनुहोस्