गुट-उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदैछ: श्याम घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट-उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन्।

महोत्तरीमा गुट-उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि  कांग्रेस कमजोर भए पनि पुरानै लयमा फर्किने अवस्था ल्याइपुर्‍याएको उनको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा बागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समूहको कारबाही फुकुवा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-10 17:49:00

प्रतिकृया दिनुहोस्