घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बनमा परेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएपछि ठाकुरलाई निलम्बन गरिएकाे हाे।
'थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनका अनुसार उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि मन्त्रालयले जानकारी दिएको छ।