सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ।

सरकार गठन भएको दुई महिनामा नै सत्ता साझेदार दलहरुबीचमा खटपट देखिन सुरु गरेपछि समाधान गर्न बैठक बसेको हो। साथै बैठकले राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल हुने एक नेताले बताए।

बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

 

प्रकाशित मिति: : 2023-02-10 10:22:00

प्रतिकृया दिनुहोस्