‘रेड जाेन’मा सुदूरपश्चिमका मुख्यमन्त्री, पाउलान् त विश्वासकाे मत ? (लाइभ)

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासकाे मत लिनकाे डाँकिएकाे बैठक सुरु भएकाे हाे। बैठकमा मुख्यमन्त्री रावलले विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित छैनन्। उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-09 17:15:00

प्रतिकृया दिनुहोस्