प्रधानमन्त्री प्रचण्ड र गगन थापाबीच बालुवाटार भेटवार्ता 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ।

बिहीबार दिउँसाे प्रचण्डलाई भेट्न महामन्त्री थापा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान लिएपछि कांग्रेस नेताहरुले प्रचण्डसंग पटकपटक भेटघाट गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2023-02-09 16:15:00

प्रतिकृया दिनुहोस्