एकीकृत समाजवादीसहितका दलसँग एकीकरणका लागि माओवादी प्रयास जारी

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ।

त्यसका लागि वार्ता समितिका संयोजक कृष्ण बहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह र धर्मेन्द्र समूह), अन्य वाम पार्टीहरु, समूह र व्यक्तिहरुसँग भइरहेको वार्ता गरिसकेको माओवादीले जनाएको छ।

सो बारेमा हालै सम्पन्न स्थायी कमिटीमा महराले सोबारे जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ।

‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य वामपार्टी, समूह र व्यक्तिहरुसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्नेगरी वार्ता अगाडी बढिरहेको निश्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नुभएको छ,’ माओवादीद्वारा जारी परिपत्रमा भनिएको छ। 

प्रकाशित मिति: : 2023-02-09 15:11:00

प्रतिकृया दिनुहोस्