टर्कीमा रहेका नेपाली भन्छन्ः फेरि विनाशकारी भूकम्प आउँला भनेर डराइरहेका छाैँ

साेमबार टर्कीमा गएकाे शक्तिशाली भूकम्पका कारण हालसम्म करिब ८ हजार मानिसको मृत्यु भइसकेकाे छ। सयौं ठूला भवनहरू ढलेका छन् भने हजारौं घाइते भएका छन्।

सिरियासँग सिमाना जाेडिएकाे टर्कीको दक्षिणपूर्वी सहर गाजीयान्टेप केन्द्रबिन्दु भई आएकाे ७.८ रेक्टर स्केलकाे भूकम्पमा परी हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको एएफपी समाचार संस्थाले सार्वजनिक गरेकाे छ।

एएफपीले सार्वजनिक गरेकाे तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। भने भूकम्प प्रभावित क्षेत्रमा मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

उक्त शक्तिशाली भूकम्पका कारण त्यहाँ कार्यरत आप्रवासी कामदार तथा विद्यार्थीहरूसमेत प्रभावित बनेका छन्। गाजीयान्टेपमा रहेका नेपालीहरू सुरक्षित रहे पनि फेरि भूकम्प आउन सक्ने त्रासमा छन्।

विगत केही वर्षदेखि गाजीयान्टेपमा कार्यरत नेपाली चेली गुड्डु राई भूकम्पपछि आफूहरू एउटा सुरक्षित होटेलमा बसेपनि पुनःभूकम्प आउँला कि भन्ने डर लागेकाे बताउँछिन्। 

उनी भन्छिन्-भूकम्प आउँदा हामी सुतिरहेका थियाैँ। एक्कासी ठुलाे आवाज सँगै घर हल्लिन थाल्याे। त्यतिबेला हामी एकदमैँ आतियाैँ। छिटाे गर्दै बाहिर निस्कियाैँ, बाहिर हिउँ परेकाे थियाे। धेरै चिसाे भयाे। अरू मानिसहरू परिवार सहित गाडी लिएर सुरिक्षत ठाउँतर्फ जादैँ थिए। तर हामी तिनजना हिउँमा हिडेर २०० मिटर पर रहेकाे पार्कमा रहेकाे खेलाैना मुनि बस्याैँ। अहिले सुरिक्षत ठाउँमा छाैँ र फेरी  पनि उस्तै  भुकम्प आउँछ कि  भन्ने डर लागिरहेकाे छ। 

यस्तै गाजीयान्टेप विश्वविद्यालयमा इलेट्रिकल इन्जिनएर अध्ययान गरिरहेका बाराका शाकिल शेखले गाजीयान्टेपमा रहेका नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागी सुरक्षित सहरमा सारिदिन अपिल गरेका छन्।  

उनी भन्छन्- ४८ घण्टामा दुई तिनघण्टा सुतेकाेले थाकेका छाैँ। खानपिनमा पनि समस्या भईरहेकाे छ। राहतहरू ठाउँठाउँमा पुगिरहेकाे छैन। म सँग अन्य चार जना विद्यार्थीहरू पनि सगैँ छन्। अरूहरू पनि छन् तर टाढा छन्।भूकम्पकाे स्थिति सामान्य नभएसम्म एक\दुई हप्ता भएपनि अलि सुरक्षित ठाउँमा सारिदिए सहज हुने थियाे।  


 

प्रकाशित मिति: : 2023-02-08 13:31:00

प्रतिकृया दिनुहोस्